
७ भदौ, बटवल । प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र मोनोरेल सञ्चालनपछि लुम्बिनीमा पर्यटकको ओइरो लाग्ने दाबी गरेका छन् ।
लुम्बिनीसँग जोडिएका बुद्धस्थलहरुमा मानोरेल सञ्चालनपछि पर्यटक ओइरने उनको दाबी छ ।
बुधबारमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गिरीले बाहिरी देशबाट भैरहवामा सिधा हवाई सेवा सुरु हुँदा लुम्बिनीमा बढी पर्यटक आउने बताए । उनीहरुलाई राख्न स्तरीय होटल अझै आवश्यक रहेको उनको धारणा छ ।
मन्त्री गिरीले प्रदेश सरकारले सुरु गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ सफल भइरहेको दाबी गरे । ४ महिनाको अवधिमा प्रदेश सरकारले गरेका कामको मुल्याङकनका आधारमा भ्रमण बर्षबारे नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरे ।
उनले प्रदेशलाई समृद्ध बनाउन भगिनी सम्बन्ध कायम गरिएका चिनियाँ प्रान्तहरुसँग सहकार्य गरिने बताए । पर्यटनमन्त्री गिरीको नेतृत्वमा भदौ १२ एक टोली चीन भ्रमणमा जाँदैछ ।
प्रतिक्रिया 4