Comments Add Comment

अभिनेत्रीसँग विवाहेत्तर सम्बन्ध गाँस्ने निर्देशकहरु

बलिउडमा विवाहेत्तर सम्बन्ध कुनै नयाँ कुरा होइन । प्रायः अभिनेता-अभिनेत्रीहरुको अफेयरको खबर सार्वजनिक भैरहेकै हुन्छन् । जसका कारण विवाहहरु टुक्रिएका खबरहरु पनि नियमित रुपमा सार्वजनिक भैरहेका हुन्छन्

बलिउडक केही स्थापित निर्देशकहरुको  बारेमा चर्चा गर्दैछौं, जो विवाहित हुँदा-हुँदै पनि बलिउडका अभिनेत्रीहरुप्रति आकषिर्क भए । ती मध्ये कतिपयलाई आफ्नो गल्तिको महसुस भएको थियो र आफ्ना श्रीमतीसँगै फर्किएका थिए भने कतिपयले पहिली श्रीमतीलाई त्यागेर अभिनेत्रीहरुसंगै विवाह गरेर बसे ।

राज कपूर

बलिउडका शो म्यान राज कपूर सधैं नै महान् कलाकार, निर्माता तथा निर्देशकको रुपमा स्मरण गरिन्छन् । सन् १९३० मा राज कपूरले आफ्नो फस्ट कजन कृष्णा मल्होत्रासँग विवाह गरेका थिए । उक्त जोडीका ५ सन्तान थिए । भनिन्छ, राज कपूर उनको जमानाकी चर्चित अभिनेत्री नरगिसलाई निकै मन पराउँथे ।

उनीहरु दुबैले आवारा तथा श्री ४२० जस्ता हिट फिल्महरु दिएका थिए । त्यसो त दुबैको अफयेर करिव १० वर्षसम्म चल्यो, तर अन्त्यमा नरगिसले उक्त सम्बन्ध तोडिदिइन् । किनभने राज कपूर आफ्नी श्रीमती तथा बच्चाहरुलाई छोड्नका लागि तयार थिएनन् । त्यसपछि राज कपूर सधैंका लागि कृष्णा राजसँग बस्न थाले ।

रमेश सिप्पी

शोले जस्तो सुपर-डुपर फिल्म दिने निर्देशक रमेश सिप्पी गीतासँग सुखी वैवाहिक जीवन बिताइरहेका थिए । तर पछि उनको जीवनमा टेलिभिजन अभिनेत्री किरण जुनोजाको आगमन भयो । रमेशको किरणसँग पहिलो पटक दूरदर्शनको शो ‘बुनियाद’ को सेटमा भएको थियो । त्यसपछि दुबै एक-अर्कालाई डेट गर्न थाले । रमेशले किरणसँग विवाह गर्नका लागि आफ्नी श्रीमतीसँग पारपाचुके नै गरे, जो उनकी छोरीको उमेरकी थिइन् ।

रोहित शेट्टी

फिल्म निर्देशक रोहित शेट्टी फिल्महरुमा कार उडाउन सिपालु छन् । उनका फिल्महरुमा कमेडी तथा एक्सनको आकर्षक मिश्रण भएको पाइन्छ, जसका कारण उनका फिल्महरु सुपरहिट हुन्छन् । उनको गोलमाल सिरीजले अधिकांश दर्शकहरुलाई हँसाउन सफल भएका छन् । रोहितको विवाह माया शेट्टीसंग सन् २००५ मा भएको थियो ।

उनको वैवाहिक जीवन निकै राम्ररी बितिरहेको थियो, तर त्यही बेला रोहितको जीवनमा प्राची देसाइको आगमन भयो । बोल बच्चन फिल्मको छायांकनको क्रममा रोहित प्राची देसाईतर्फ आकषिर्त हुन थाले । त्यसपछि दुबै संगै बस्न थाले । तर पछि रोहितले प्राची देसाइसंगको सम्बन्ध तोडिदिए र आफ्नी श्रीमतीसँग सहमति गरेर संगै बस्न थाले ।

विक्रम भट्ट

फिल्म निर्देशक विक्रम भट्ट काम भन्दा बढि आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा आइरहन्छन् । विक्रमले आफ्नी बाल्यकालकी साथी अदितिसँग विवाह गरेका थिए । तर, जब विक्रमको अफेयर सुष्मिता सेनसंग प्रारम्भ भयो, उनको वैवाहिक जीवन टुक्रियो । उनको अफेयर तथा वैवाहिक जीवन समेत टुक्रिएपछि उनी यतिसम्म दुःखी भए कि एक पटक त आत्महत्याकै प्रयास समेत गरेका थिए । उनले एउटा अन्तर्वार्ताको क्रममा के भनेका थिए भने ‘मलाई आफ्नी श्रीमती तथा बच्चाहरुलाई छाडेकोमा सधैं दुःख लागिरहने छ । मैले उनीहरुलाई धेरै नै दुःख दिएँ, जुन कुराको दुःख मलाई सधैं भैरहने छ ।’

महेश भट्ट

निर्देशक महेश भट्टले आफ्नो व्यक्तिगत तथा व्यवसायिक जीवनमा धेरै वटा कठोर निर्णयहरु गरेका थिए । महेश भट्टको विवाह किरण भट्टसँग भएको थियो । त्यसक्रममा उनको जीवनमा अभिनेत्री परवीन बबी आइन् । दुबैको सम्बन्धमा प्रारम्भदेखि नै समस्या थियो । चाँडै नै महेश भट्टलाई के कुराको अनुभव भयो भने परवीन बबीसंग उनी बस्नै सक्दैनन् । त्यसपछि उनी पुनः आफ्नै श्रीमतीकहाँ फर्किए । त्यसपछि उनको जीवनमा सोनी राजदान आइ । त्यसो उनले आफ्नी श्रीमतीसंग सम्बन्ध विच्छेद गरेनन्, त्यसैले उनले इस्लाम धर्म अपनाएर सोनी राजदानसंग वैवाहिक जीवन प्रारम्भ गरे ।

अनुराग कश्यप

अनुराग कश्यप निकै नै प्रतिभाशाली निर्देशक हुन्, जो चुनौती मोल्न डराउँदैनन् । आफ्नो फिल्म ‘देव डी’ को छायांकनको क्रममा उनको भेट अभिनेत्री कल्कि कोच्लिनसंग भयो । विवाहित भए पनि उनी कल्किप्रति आकषिर्त भए । त्यसैले उनले सन् २००९ मा आफ्नो छ वर्ष पुरानो वैवाहिक जीवनलाई टुङ्गाउँदै सन् २०११ मा कल्किसंगै विवाह गरे । त्यसो त उनको यो दोस्रो वैवाहिक जीवन समेत लामो समयसम्म टिक्न सकेन । सन् २०१५ मा उनीहरुको सम्बन्ध विच्छेद भयो ।

बोनी कपूर

बोनी कपूर र श्रीदेवीको प्रेम कथाको बारेमा प्राय धेरै जनालाई जानकारी छ । बोनी आफ्ना फिल्महरुका कारणले भन्दा पनि श्रीदेवीसंग विवाह गर्ने कारणले लोकपि्रय भएका थिए । बोनी कपूरको विवाह सन् १९९३ मा मोना कपूरसंग भएको थियो, जसबाट उनका अंशुला तथा अर्जुन नामका दुई सन्तान पनि जन्मिए । तर, श्रीदेवीसंग विवाह गर्नका लागि बोलीले १९९६ मा मोना कपूरसंग सम्बन्ध विच्छेद गरे र श्रीदेवीसंग विवाह गरे ।

गुरु दत्त

गुरु दत्तले साबिह बीवी और गुलाम तथा प्यासा जस्ता ऐतिहासिक फिल्महरु निमर्ँण गरेका थिए । अभिनेता तथा निर्देशक दुबैको रुपमा गुरु दत्तले निकै प्रशंसा बटुलेका थिए । उनी आफ्नो व्यवसायिक जीवनमा निकै नै अनुशासित थिए । तर, व्यक्तिगत जीवनमा उनले त्यो अनुशासनलाई कायम राख्न सकेनन् । गुरु दत्तको विवाह गीता दत्तसंग भएको थियो । । अत्यधिक मदिरापान तथा धुम्रपानका कारण उनको पारिवारिक जीवनमा निकै नै उतार-चढाव आएको थियो । त्यसपछि उनको जीवनमा वाहिदा रहमानको प्रवेश भयो । वाहिदासंग उनको अफेयर नै चल्यो । त्यसो त गुरु दत्तले वाहिदा रहमानका लागि आफ्नी श्रीमतीलाई भने त्यागेनन् ।

आदित्य चोपडा

बलिउडकर्मी यश चोपडाका छोरा आदित्य चोपडाको विवाह पायल खन्नासंग सन् २००१ मा भएको थियो, तर विवाह गरेको केही समयपछि नै उनी अभिनेत्री रानी मुखर्जीप्रति आकषिर्त भए । सन् २००९ मा आदित्यले आफ्नी श्रीमती पायलसंग सम्बन्ध विच्छेद गरेर रानी मुखर्जीसंग विवाह गरे ।

इतियाज अली

इतियाज अली जटिल मानवीय भावनाहरुलाई पर्दामा उतार्न सिपालु मानिने निर्देशक हुन् । इतियाजको विवाह प्रीति नाम गरेकी महिलासंग भएको थियो, जसबाट उनका एक जना छोरा समेत थिए । तर पछि इतियाजको नाम एक जना पाकिस्तानी मोडलसंग जोडियो । जसका कारण सन् २०१२ मा इतियाज अलीको वैवाहिक जीवन टुंगियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment