Comments Add Comment

भारतले जित्यो वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट खेल

९ भदौ, काठमाडौं । आईसीसी विश्व टेष्ट च्याम्पियनसिपअन्तर्गत इन्डिजविरुद्धको पहिलो टेष्ट क्रिकेट खेल भारतले जितेको छ ।

घरेलु टोली वेष्ट इन्डिजलाई भारतले ३१८ रनको भारी अन्तरले पराजित गरेको हो । ४१९ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले दोस्रो पारीमा सबै विकेटको क्षतिमा १०० रन मात्रै बनाउन सकेपछि भारतले ठूलो अन्तरले विजयी भएको हो ।

वेष्ट इन्डिजका लागि दोस्रो पारीमा केमार रोएचले ३८ रन बनाउन बाहेक अन्य खेलाडीले ठूलो स्कोर बनाउन सकेन । बलिङतर्फ भारतका जस्प्रित बुमराहले पाँच विकेट लिए । उनले आठ ओभरमा चार मेडन ओभर राख्दै सात रन मात्रै खर्चिएर पाँच विकेट लिए । त्यस्तै, इशान्त शर्माले तीन र मोहम्मद सामीले दुई विकेट लिए ।

यसअघि आफ्नो पहिलो पारीमा वेष्ट इन्डिजले २२२ रन बनाएको थियो । भारतले भने आफ्नो पहिलो पारीमा २९७ रन बनाएको थियो । भारतका लागि पहिलो पारीमा अजिंक्या रहानेले ८१ र रविन्द्र जडेजाले ५८ रन बनाएका थिए ।

दोस्रो पारीमा भने भारतका लागि अजिन्क्या रहानेले शतकसहित १०२ र हनुमा विहारीले ९३ रन बनाएपछि वेष्ट इन्डिजले ४१९ रनको विशाल लक्ष्य पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment