
९ भदौ, काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा काठमाडौंबाट प्रहरीले एक जनालाई सोमबार नियन्त्रणमा लिएको छ ।
टिपरको चेकजाँच गर्ने क्रममा कारवाहीबाट जोगिन ५ सय रुपैयाँ घुस दिन खोजेपछि ललितपुर गोदावारी नगरपालिका-३ का पवन सिलवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बा.५ ख. ६७५२ नम्बरको टिपर मालिक समेत रहेको सिलवालले महानगरिय प्रहरी वृत्त बालाजुबाट खटेको टोलीलाई काठमाडौं महानगरपालिका-१६ वाइपासमा घुसदिन खोजेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4