
९ भदौ, गुल्मी । गुल्मीमा गुडिरहेको मोटरसाइकलबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ ।
गुल्मीदरबार गाउँपालिका-६ मा लु.२७ प. ७३९० नम्बरको मोटरसाइकलबाट खसेर ८४ वषिर्य दोर्णनाथ कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए ।
घाइते कँडेलको उपचारको क्रममा श्रृङ्गा प्रथामिक स्वास्थ्य चौकीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
३२ वर्षीय बिष्णु विश्वकर्माले चलाएको मोटरसाइकलको पछाडि सामान समातेर बस्ने क्रममा कँडेल मोटरसाइकलबाट खसेका थिए ।
मोटरसाइकल चालक विश्वकर्मालाई नियन्त्रणमा राखेर थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4