९ भदौ, काठमाडौं । मलेसियन क्लब जोहोर डारुल टाजिमविरुद्ध खेल्ने नेपाली फुटबल टिमको प्लेइङ इलाभेन सर्वाजनिक भएको छ ।
मुख्य प्रशिक्षक योहान कालिनले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली फुटबल टिमको प्लेइङ इलाभेन सार्वजनिक गरेको हो । खेल नेपाली समयअनुसार केहिबेर पछि (६ बजेर ३० मिनेटमा) सुरु हुनेछ ।
प्रशिक्षक योहान कालिनले निकै आक्रमक खेल खेल्ने रणनीति बनाएको छ । आज नेपालले ४-५-१ को र्फमसनमा खेल्दैछ ।
सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपालको गोलपोष्ट विकेश कुथुले सम्हाल्ने छन् ।
प्लेइङ इलाभेन
गोलकिपरः विकेश कुथु
डिफेन्डरः अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी
मिडफिल्डर : सुजल श्रेष्ठ (कप्तान) विशाल राई, विक्रम लामा, सन्तोष तामाङ र रवि पासवान ।
फरवार्ड : विमल घर्तिमगर
प्रतिक्रिया 4