Comments Add Comment

न्युजिल्यान्डसामु श्रीलंकाको नमिठो हार

९ भदौ, काठमाडौं । आईसीसी विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको दोस्रो खेलमा न्युजिल्यान्डले जित हात पारेको छ ।

कोलम्बोस्थित पी सारा ओभलमा आज (मंगलबार) सकिएको खेलमा न्युजिल्यान्डले घरेलु टोली श्रीलंकालाई एकै पारीमा ६५ रनले पराजित गर्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले आफ्नो पहिलो पारीमा २४४ रन बनाउँदा सबै विकेट गुमाएको थियो । श्रीलंकाका लागि धनन्जय डि सिल्भाले १०९ रन बनाउँदै टिमलाई उकास्ने कोशिस गरेका थिए । त्यस्तै, कप्तान दिमुथ करुनरत्नेले ६५ रन बनाए ।

बलिङतर्फ टिम साउथीले चार र टे्रन्ट बोल्टले तीन विकेट लिए ।

न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ४३१ रन बनाएपछि आफ्नो पहिलो पारी समाप्तिको घोषणा गरेको थियो । न्युजिल्यान्डका लागि टोम लाथमले १५४ रन बनाउँदै टिमलाई उकासे । त्यस्तै, ब्राड्ली जोहन वाटलिङले अविजित १०५ रन बनाए ।

आफ्नो दोस्रो पारीमा श्रीलंकाले भने १२२ रनमा सबै विकेट गुमाएपछि न्युजिल्यान्डले एकै पारीमा खेल ६५ रनले जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment