Comments Add Comment

पढेपछि आफै डिलिट हुने गोप्य मेसेज, यसरी पठाउनुस् जिमेलमा

आफ्नो लोकप्रिय इमेल सर्भिस जिमेलका लागि गुगलले गत वर्ष विशेष खालको गोपनियता फिचर ल्यायो । उक्त कन्फिडेन्सन मोडको सहायाले प्रयोगकर्ताले जिमेलमा यस्तो मेसेज पठाउन सक्दछन् जुन प्रापकले पढेसँगै निष्कृय हुन्छन् र त्यसलाई प्रापकले कपी, फरवार्ड तथा डाउनलोड गर्न सक्दैन ।

यो फिचर फेरि एकपटक चर्चामा छ, किनकी बिजनेसका लागि जिमेललाई प्रयोग गर्ने जि सुइट प्रयोगकर्ताले पनि अब यो फिचर प्रयोग गर्न सक्नेछन् ।

गोप्य तथा संवेदनशील कागजातहरु शेयर गर्ने व्यवसायसँग सम्बनिधत प्रयोगकर्ताका लागि यो फिचर निकै उपयोगी हुने अपेक्षा गरिएको छ । डेस्कटपमा मात्र नभै जिमेल एपमा पनि यो फिचर उपलब्ध हुनेछ ।

डेस्कटपमा

· सुरुमा ब्राउजरमा आफ्नो जिमेल अकाउन्ट लगइन गर्नुहोस्

· त्यसपछि Compose Mail मा क्लिक गर्नुहोस्

· Send बटनको दायाँतर्फ रहेको लक आइकनमा क्लिक गर्नुहोस्

· त्यसपछि एउटा पपअप विन्डो देखिनेछ जसमा पठाइने मेसेज कति समयमा एक्सपाएर हुन्छ भन्ने विकल्प देखा पर्दछ ।

मोबाइलमा

आफ्नो एन्ड्रोइड तथा आइओएसमा जिमेल एप लगइन गर्नुहोस् र कम्पोज मेल स्कृन ओपन गर्नुहोस् । त्यहाँ माथिल्लो दायाँ भागमा रहेका तीनवटा थोप्लाको आइकनमा ट्याप गर्नुहोस् र कन्फिडेन्स मोड छान्नुहोस् । त्यसपछि मेसेज एक्सपाएर हुने समयावधि छनोट गर्ने अप्सन आउँदछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment