+
+
Shares

प्रियंकाको यादमा निक जोनस, छोरीसँग थ्याङ्क्सगिभिङ मनाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निक जोनसले थ्याङ्क्सगिभिङमा छोरी मालती मेरी चोपडा जोनस र परिवारसँग तस्वीर सार्वजनिक गर्दै प्रियंका चोपडालाई सम्झिएको लेखेका छन्।
  • प्रियंका चोपडा अस्ट्रेलियामा आगामी साइन्स फिक्सन एक्सन थ्रिलर फिल्म ‘ब्लुफ्लाई’को छायांकन गरिरहेकी छन्।
  • निकले लेखेका छन्, ‘धन्यवाद दिनुपर्ने धेरै कुरा थिए । मेरी जान प्रियंका चोपडालाई धेरै सम्झिरहेको छु, जो अहिले अस्ट्रेलियामा फिल्मको सेटमा उत्कृष्ट काम गरिरहेकी छन् ।’।

अभिनेत्री प्रियंका चोपडा अहिले आगामी फिल्म ‘वाराणसी’ का कारण चर्चामा छिन् । फिल्मको प्रदर्शनअघि उनी अर्को फिल्म ‘ब्लुफ्लाई’ को छायांकनमा व्यस्त छिन्। यसैबीच, उनका पति निक जोनसले प्रियंकालाई सम्झिएका छन् ।

प्रियंका अस्ट्रेलियामा फिल्मको छायांकन गरिरहेकाले निकले छोरी मालती मेरी चोपडा जोनस र परिवारका अन्य सदस्यसँग थ्याङ्क्सगिभिङ मनाएका छन् । नोभेम्बर २९ मा उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पारिवारिक जमघटका केही तस्वीर सार्वजनिक गरेका छन् । ती तस्वीरसँगै उनले पत्नी प्रियंकालाई सम्झिएको कुरा पनि लेखेका छन् ।

निकको पोस्टमा के छ ?

निकले छोरी मालती र परिवारका अन्य सदस्यसँग मनाएको थ्याङ्क्सगिभिङ उत्सवका केही झलक सार्वजनिक गरेका छन् । उनले आफ्नो आधिकारिक इन्स्टाग्राम खातामा साझा गरेका तस्वीरमा गितार बजाउँदै गरेको र परिवारका सदस्यसँग पोज दिएको देखिन्छ ।

प्रियंकालाई सम्झिए निकले

प्रियंका अहिले अस्ट्रेलियामा आगामी साइन्स फिक्सन एक्सन थ्रिलर फिल्म ‘ब्लुफ्लाई’को छायांकन गरिरहेकी छन् । पत्नीको अभाव महसुस गर्दै निकले तस्बिरसँगै लेखेका छन्, ‘धन्यवाद दिनुपर्ने धेरै कुरा थिए । मेरी जान प्रियंका चोपडालाई धेरै सम्झिरहेको छु, जो अहिले अस्ट्रेलियामा फिल्मको सेटमा उत्कृष्ट काम गरिरहेकी छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?