+
+
Shares

‘छ माया छपक्कै’को फस्टलुक रिलिज, तर तोकिएन प्रदर्शन मिति

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १० गते १३:०८

चलचित्र ‘छ माया छपक्कै’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य चार कलाकारलाई स्थान दिइएको छ । मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र नायिका केकी अधिकारीलाई पोस्टरमा देखाइएको छ । कलाकारत्रय दीपकराज, केदार र जितु केकीको सुन्दरतामा टोलाएको देख्न सकिन्छ ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतीमा तयार भएको चलचित्रमा रोहित अधिकारीको लगानी छ । चलचित्रका कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे हुन् । दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रलाई दीपकराज गिरीले लेखेका हुन् ।

दशैंमा रिलिज हुने भनिएको चलचित्रको सार्वजनिक पोस्टरमा पनि निश्चित रिलिज मिति तोकएको छैन । वुझिएअनुसार, यो चलचित्रलाई असोज १७ वा २४ गते मध्ये एउटा मितिमा रिलिज गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?