Comments Add Comment

नेपालद्वारा एसएससीलाई २४१ रनको लक्ष्य प्रस्तुत

१० भदौ, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टिमले अभ्यास खेलमा श्रीलंकाको एसएससी यू-२३ क्रिकेट टिमलाई २४१ रनको लक्ष्य पेश गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा सात विकेटको क्षतिमा २४० रन बनाएपछि एसएससी यू-२३ क्रिकेट टिमले २४१ रनको चुनौती पाएको हो ।

नेपालका लागि आशिफ शेखले ८८ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा नेपालले ठूलो स्कोर बनाएको हो । त्यस्तै, सन्दीप जोराले ३३, रित गौत्तमले ३१ र पवन सर्राफले ३० रनको योदान दिए ।

श्रीलंकामा यहि भदौ २९ गतेदेखि एसीसी यू-१९ एसिया कप सुरु हुदैछ । नेपाल रहेको समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन् ।
एसिया कपको लागि नै नेपाली युवा खेलाडीले श्रीलंकामा अभ्यास खेल खेलिरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment