+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रदेश-३ द्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित 

रासस रासस
२०७६ भदौ १० गते १९:४६

१० भदौ, भीमफेदी । प्रदेश-३ को मंगलबार बसेको प्रदेशसभा बैठकले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७६’ र ‘प्रदेशसभा नियमावली, २०७४ लाई पहिलो संशोधन गर्न बनेको नियमावली, २०७६’ लाई सर्वसम्मतिबाट पारित गरेको छ ।

बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक र प्रदेशसभा नियमावलीको पहिलो संशोधन गर्न बनेको नियमावली कार्यदलका संयोजक रामेश्वर फुयाँलले पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा विधेयकमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै सामाजिक विकासमन्त्री दुलालले हेटौँडा अस्पताललाई भविष्यमा गुणस्तरीय उपचार सेवा प्रदान गर्न एवं सबै प्रदेशका विद्यार्थीलाई चिकित्सक विज्ञान अध्ययन गर्न निष्पक्षका साथ सुविधा उपलब्ध गराइने विश्वास दिलाए ।

उक्त बैठकको विशेष समयमा बोल्दै प्रदेशसभाका सदस्यहरुले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट यथाशीघ्र आन्तरिक व्यवस्थापन मिलाएर स्थानीय उपभोक्ताहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रदेश सरकारले छिट्टै केन्द्रीय सरकारसँग समन्वय गर्नुपर्ने र दशैँ पछाडि नै काठमाडौँमा खानेपानी उपलब्ध गराउन माग गरेका थिए ।

प्रदेशसभाको गठन भएको डेढ वर्ष बितिसक्दा पनि प्रदेशको स्थायी राजधानीको लागि टुङ्गो लगाउन सरकारले तत्काल आत्मसमीक्षा गरी राजधानीको छिट्टै टुङ्गो लगाउन उनीहरुले आग्रह गरेका थिए ।

प्रदेश सरकारले चालू आवको बजेटमा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जोड्ने र भीमफेदी–काठमाडौँ जोड्ने सुरुङ मार्गको निर्माणका लागि नीति कार्यक्रममा समावेश गरी पारित गरिएकामा अहिलेसम्म ती योजनाहरुलाई निर्माण कार्यको लागि के के प्रक्रिया सुरु भयो भनी उनीहरुले प्रश्न गरेका थिए ।

बैठकको विशेष समयमा सदस्यहरुमा वसन्त मानन्धर, दीपेन्द्र श्रेष्ठ, सरेश नेपाल, न्हुछेनारायण श्रेष्ठ, जगतबहादुर सिंह, नरोत्तम वैद्य, विराजभक्त श्रेष्ठ, गीता वाग्ले, सृजना सैँजु, जुनेली माया श्रेष्ठ, शान्तिप्रसाद पौडेल, नारायणबहादुर सिलवाल, बुद्धिमान माझी र रामेश्वर फुयाँलले आ-आफ्नो धारणा राखेका थिए ।

प्रदेशसभाको अर्को बैठक यही भदौ ११ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?