+
+
Shares

नाडा अटो शोमा सुजुकीका यस्ता छन् आकर्षक सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते १५:०९

नाडा अटो सो तथा नेपालीहरुको महान् पर्वको अवसरमा सुजुकीले आकर्षक योजना प्रस्तुत गरेको छ। यस वर्ष कम्पनीले सुजुकी पवोत्सव योजनालाई सधैं झैं अगाडी सारेको छ।

हरेक वर्ष सुजुकीको आफ्नो पर्वाेत्सव योजनामा विभिन्न विशेषताहरुले भरिपूर्ण गर्दै आएको छ। यस वर्ष पनि कम्पनीले विशेष बनाएको छ। यो योजना नेपाली अटोमोबाइलको उद्योगमा उत्कृष्ट सुरुवात हो, जुन नाडा अटोशोदेखि प्रारम्भ भई दसैं तिहारसम्म लागू हुने छ। वास्तवमै नेपाली समाजमा चाड पर्वमा नयाँ गाडी घर भित्र्याइने गरिन्छ। सुजुकीको पर्वोत्सवले सुजुकीका सबै मोडेलहरुको लागि एउटा वेस्ट डिलका रुपमा स्थापित हुने छ।

यस वर्ष, सुजुकी पर्वोत्सव योजनामा रु. दुई लाखसम्मको नगद छुट, अधिकतम रु. एक लाखसम्मको एक्स्चेन्ज बोनस, इ–स्क्र्याच सिस्टम मार्फत् अधिकतम रु. एक लाखसम्मको थप छुट तथा १ वर्षसम्मको सवारी कर निःशुल्क प्राप्त गर्न सकिने छ।

यसका साथै नाडा अवधिभर नाडा स्टल नं ए १० मा गई सुजुकी गाडी खरिद गर्दा अधिकतम रु.५० हजारसम्मको विशेष छुट पनि प्राप्त गर्न सकिने छ।

यसका साथै नाडा अटो शोको अवसरमा कम्पनीले आफ्ना उत्कृष्ट मोडेलहरु प्रदर्शन गरेको छ। यस वर्ष सुजुकीले स्मार्ट हाइब्रिड कार प्रस्तुत गरेको छ। नाडा अटो शोमा कम्पनीले एरटिगा, सीयाज र एस क्रस गरी तीन मोडेलका गाडी पनि विक्रीमा राखेको छ।

जसको खरिद मूल्य क्रमशः रु ३८ लाख ९९ हजार रु ३८ लाख २९ हजार तथा रु.४२ लाख ९९ हजार रहेको छ। यस कारले उपभोक्ताहरुको वातावरण मैत्री अटोमोबाइल्सप्रतिको धारणालाई परिवर्तन समेत गर्ने विश्वास लिइएको छ। हाइब्रिड कार डिजेल इन्जिनका साथसाथै वातावरण मैत्री विद्युतीय कारका रुपमा विकसित गरिएको छ। दुई प्रकारका इन्जिनहरुबाट न्यूनतम इन्धनमा ज्यादा दूरी तय गर्न सकिन्छ।

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा अधिकांश समय इलेक्ट्रिक मोटरले कार्य गर्दछ भने बाटोको अवस्था हेरी इन्जिनले पनि कार्य गर्दछ। त्यसैले यस्तो कारमा इन्धन ज्यादै नै कम खपत हुन्छ। अर्थात् कहिले व्याट्रिको मात्र खपत हुन्छ भने कहिले व्याट्रिको साथसाथै इन्धनको पनि खपत हुने गर्दछ। व्यट्रिले मात्र इन्जिनमा शक्ति पु¥याउन नसकेको अवस्थामा इन्धन इन्जिनले सहयोग गर्दछ।

हाइब्रिड कारमा रहेको इलेक्ट्रिक मोटर व्याट्रिमा जोडिएको हुन्छ। यसले गर्दा हाइब्रिड प्रविधिबाट इन्जिनको क्षमता बढाउन सकिन्छ। साधारण कारमा जव ब्रेक लगाइन्छ त्यस अवस्थामा काइनेटिक इनर्जी खेरा जान्छ तर हाइब्रिड प्रविधियुक्त कारमा जब ब्रेक लगाइन्छ त्यस अवस्थामा उत्पन्न भएको काइनेटिक इनर्जीले हाइब्रिड कारमा भएको व्याट्रि चार्ज हुन्छ।

वातावरण मैत्री हाइब्रिडकारले ग्राहकलाई असीमित यात्राको स्वतन्त्रता प्रदान गर्दछ। योजना विना नै पनि कतै यात्रा गर्नुपरेको त्यस्तो यात्रालाई कतै मोड्नु पर्दैन नत चार्जिङ्गको तनाव नै व्यहोर्नु पर्नेहुन्छ। यात्रा गर्दा कुन विकल्पलाई छनौट गर्ने भन्ने कुरा चालक आफैले तय गर्न सक्नुहुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?