ललितपुरको जावलाखेलमा अवस्थित डिएभी एनईबी. प्लस टु कलेज ले अन्तर कलेज (प्लस टु), ६ए साइड दोस्रो फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार गतवर्षको पुरस्कार राशिमा वृद्घि गरी विजेता टिमलाई १ लाख ५० हजार नगद तथा ट्रफी र प्रमाण पत्रका साथै उत्कृष्ट खेलाडी, गोल रक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिनेछ ।
यही भाद्र १२ गते देखि १४ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने हुँदा यथाशीघ्र नाम दर्ता गराइ सहभागी भइदिन कलेजले जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4