+
+

प्रदेश–१ द्वारा प्रदेश स्वायत्त संस्था गठन विधेयक पारित

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते १६:३९

११ भाद्र, विराटनगर । प्रदेश–१ को प्रदेशसभा बैठकले प्रदेश स्वायत्त संस्था गठन सम्बन्धमा बनेको विधेयक २०७६ पारित गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रतिवेदनसहितको पेश गरेको उक्त विधेयक प्रदेश सभाको बुधबार बसेको बैठकले सर्बसम्वत पारित गरेको हो ।

प्रदेश सभा बैठकले प्रदेश स्वायत्त संस्था गठन सम्बन्धकमा बनेको विधेयक २०७६ लाई दफावार छलफलमा लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाइएको थियो ।

मन्त्री कार्कीले प्रतिवेदनसहितको विधेयकमाथिको छलफल गरियोस भनी बैठकमा प्रस्ताव पेश गरेका थिए ।

विधेयकमाथिको छलफलमा भाग लिँदै सत्तापक्षका सांसद श्रीप्रसाद मैनालीले समर्थन जनाएका थिए । लगतै विधेयक सर्वसम्मत पारित भएको थियो ।

विधेयक पारित भएसँगै प्रदेश सरकारले प्रदेशको स्वायत्त संस्था तथा निकाय गठन गर्ने बाटो खुलेको छ ।

प्रदेशमा गठन हुने आम सञ्चार प्रतिष्ठान, पर्यटन प्रतिष्ठान जस्ता स्वायत्त संस्था तथा संरचनाको छुट्टा छुट्टै कानुन बनाउनु पर्ने अवस्था अन्त्य समेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?