Comments Add Comment

तुर्किस्तान पठाइदिने भनेर ठगी गरेको आरोपमा एक पक्राउ

११ भदौ, काठमाडौं । प्रहरीले तुर्किस्तान पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका ३४ वर्षीय हर्कबहादुर तामाङ छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी सुशील सिंह राठौरका अनुसार तामाङलाई बुधबार जोरपाटी क्षेत्रबाट पक्राउ गरिएको हो । उनी गाडी चालक  हुन् ।

‘उनले भोजपुरका उमेशकुमार तामाङलाई तुर्किस्तानमा सेक्यूरिटी गार्डमा जागिर लगाइदिन्छु भनेर ३ लाख रुपैयाँ ठगी गरेर सम्पर्क विहीन भएको उजुरी परेको थियो’, राठौरले भने, ‘अनुसन्धानका सिलसिलनमा हामीले उनलाई पक्राउ गरेका छौं ।’

उनका अनुसार तामाङले अन्य ४ जनाबाट पनि ३ लाख रुपैयाँको दरले रकम लिएर ठगी गरेको खुलेको छ । सोही प्रकृतिका घटना दोहोरिनसक्ने भएकाले सचेत रहनसमेत महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment