Comments Add Comment

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारलाई दुर्व्यवहार, प्रहरीमा किटानी जाहेरी

११ भदौ, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुर्याललाई प्रतिष्ठान बचाउ अभियानका प्रतिनिधिहरुले दुर्व्यवहार गरेका छन् । उनीहरुले प्याकुर्याललाई कार्यकक्षमै दुर्व्यवहार गरेका हुन् ।

आफ्ना पदाधिकारीलाई दुर्व्यवहार गरेको भन्दै प्रतिष्ठानले सीडीओ कार्यालय र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भने, ‘रजिष्ट्रारलाई दुर्व्यवहार भएको भनेर उजुरी आएको छ, साँझ परेकाले धेरै बुझ्न पाइएन । अब भोलि डिटेल बुझ्छौं ।’

प्रतिष्ठानले विकीरण गौतम, विवेक श्रेष्ठ, सविन प्रियासनलगायतविरुद्ध किटानी जाहेरी दिएको छ ।

गौतम स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानका संयोजक, श्रेष्ठ नेकपा दाङका कार्यकर्ता र प्रियासन नेपाल पत्रकार महासंघ दाङका सभापति हुन् ।

उपकुलपति संगिता भण्डारीले केही व्यक्तिहरु आएर कार्यालयमा तोडफोड गरेको र रजिष्ट्रारलाई दुर्व्यवहार गरेको बताइन् ।

‘म त तुलसीपुरमा गएको थिएँ, सीसीटीभी फुटेजमा हेर्दा हाम्रो रजिष्ट्रार सरलाई विवेक श्रेष्ठले घोक्राएर भुइँमा लडाएको देखिन्छ, कार्यकक्षमा तोडफोड गरेर वितण्डा पनि मच्चाए छन्,’ उनले भनिन् ।

प्रतिष्ठानमा तालाबन्दी

प्याकुरेलका सहयोगीका अनुसार उनको हातमा चोट लागेको छ र सामान्य उपचारपछि उनले आराम गरिरहेका छन् ।

उपकुलपति भण्डारीको कार्यशैलीले सबै डाक्टरले राजीनामा दिएको र प्रतिष्ठान धरासायी हुन लागेको भन्दै स्थानीयबासीले प्रतिष्ठान बचाउ अभियानमार्फत् आन्दोलन गर्दै आएका छन् । आन्दोलनकर्ताले बुधबार प्रतिष्ठानमा तालाबन्दीसमेत गरेका छन् ।

उपकुलपतिको राजीनामा अभियानको मुख्य माग हो । तर, उपकुलपति भण्डारीले राजीनामा नदिने अडान लिँदै आएकी छन् ।

यो पनि पढ्नुहोस ‘आन्दोलनको तरिकै भएन, डराएर पद छाड्दिनँ’ यो पनि पढ्नुहोस राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ९ डाक्टर बर्खास्त यो पनि पढ्नुहोस राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुद्वारा सामूहिक राजीनामा यो पनि पढ्नुहोस डाक्टरको सामूहिक राजीनामापछि आफैं विरामी जाँच्दै उपकुलपति भण्डारी यो पनि पढ्नुहोस राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान नबनाउन प्रधानमन्त्रीको चेतावनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment