+

साफ यू–१५ च्याम्पियनसिप : भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

२०७६ भदौ  १२ गते १४:३३ २०७६ भदौ १२ गते १४:३३
साफ यू–१५ च्याम्पियनसिप : भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

१२ भदौ, काठमाडौं । नेपाल साफ यू–१५ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

भारतको कल्याणी रंगशालामा बिहीबार भएको खेलमा भुटानलाई ६–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

भुटानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा थप चार गोल गरेको हो ।

राउन रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्ने छन् । नेपाल अन्तिम खेलमा जित हात पारेसँगै फाइनलमा पुगेको छ । फाइनल प्रवेशका लागि बिहीबार नै भारत र बंगलादेशबीच खेल हुदैछ ।

नेपालले चार खेलबाट ९ अंक बनाएको छ । भारतको पनि ९ अंक नै रहेको छ । यता, बंगलादेशको भने ६ अंक छ । जारी प्रतियोगिताबाट श्रीलंका र भुटान भने बाहिरिसकेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय