Comments Add Comment

भारतीय निर्यात–आयात बैंकका ऋण व्यवस्था सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

१२ भदौ, काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणको आयोजनामा भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्था सम्बन्धी नीति निर्देशन तथा प्रक्रियाकाबारेमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा परियोजना पहिचान, पूर्व योग्यता तथा टेन्डर प्रक्रिया, टेन्डर दस्तावेजको मूल्याङ्कन, मनोनयन प्रक्रिया, परियोजना कार्यान्वयन एवं अनुगमन लगायत एक्जिम बैंकको ऋण व्यवस्थाका रुपरेखाबारे जानकारी गराइएको थियो ।

नेपालका तर्फबाट सहभागी कर्मचारीहरुले नेपालमा भारत सरकारको ऋण व्यवस्थाको सहयोगमा सञ्चालित परियोजनाहरुमा संलग्न भारतीय ठेकेदारहरुलाई आयात÷निर्यात तथा घरेलु करकाबारेमा जानकारी गराएका थिए । कार्यक्रममा २८ जना भारतीय ठेकेदारहरुको सहभागिता रहेको थियो ।

भारत सरकारको ऋण सहयोगमा निर्मित परियोजनाहरुमा काम गरिरहेका कर्मचारीहरुकोे क्षमता अभिवृद्धिका लागि आपसी सहयोग गर्न दुवै पक्ष सहमत भएको दूतावासले जनाएको छ ।

भदौ १० र ११ गतेसम्म काठमाडौंमा सञ्चालित प्रशिक्षणमा नेपालका तर्फबाट २७ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा भारतको एक्जिम बैंकका तीन जना वरिष्ठ विज्ञहरुले प्रशिक्षण दिएका थिए ।

सन् २०१९ जुनमा भारतमा आयोजित ७ औं ऋण व्यवस्था (एलओसी) समीक्षा बैठकमा नेपाल र भारत सरकारबीच भएको द्विपक्षीय समझदारी अनुसार कार्यक्रमको आयोजना गरिएको काठमाडौं स्थित भारतीय दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment