Comments Add Comment

श्रीलंकाली क्रिकेटर अजन्था मेन्दिसले लिए सन्यास

१२ भदौ, काठमाडौं । श्रीलंकाली क्रिकेटर अजन्था मेन्दिसले क्रिकेटको सबै फम्र्याटबाट सन्यासको घोषणा गरेका छन् ।

३४ वर्षीय अजन्थाले बिहीबार सबै क्रिकेट फम्र्याटबाट सन्यास घोषणा गरेका हुन् । स्पीनर अजन्थाले सन् २०१५ मा आफ्नो देशका लागि न्युजिल्यान्डविरुद्ध अन्तिम एकदिवसीय क्रिकेट खेल खेलेका थिए । त्यसपछि भने उनी टिमबाहिर नै रहंदै आएका थिए ।

उनले श्रीलंकाका लागि १९ टेष्ट खेलबाट ७० विकेट लिएका थिए । त्यस्तै, ८७ एकदिवसीय क्रिकेटमा उनले १५२ विकेट र ३९ टी–२० क्रिकेटमा ६६ विकेट लिएका थिए ।

सन् २००८ मा वेष्ट इन्डिजविरुद्धको डेब्यु खेलमा नै तीन विकेट लिएका थिए । थोरै खेल खेल्न पाए पनि उनले छोटो अवधिमा नै आफ्नो पहिचान बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment