Comments Add Comment

तुलसी भन्छन्–‘फिल्म क्षेत्रमा अध्ययनको कमी भयो’

नेपाली चलचित्रमा निर्देशक तुलसी घिमिरेको योगदान उच्च छ । नेपाली चलचित्रमा उनले रजत जयन्ती मनाउनेदेखि सय दिनको व्यापार गर्ने केही चलचित्र दिएका छन् । उनै निर्देशक पछिल्लो समय भने चलचित्रको कामबाट केही पर छन् । केही समयको ब्रेकपछि उनले चलचित्र ‘दर्पण छाया २’ निर्देशन गरेका थिए । उक्त चलचित्रको असफलताले उनलाई नयाँ चलचित्र निर्देशन गर्ने आट आइरहेको छैन ।

तर, तुलसी चलचित्र क्षेत्रसँग भने जानकार छन् । अहिलेको चलचित्र क्षेत्र एकदमै अस्तव्यस्त रहेको तुलसीको बुझाई छ । अनलाइनखबरसँग कुराकानी गर्दै उनले भने–‘अहिले चलचित्र क्षेत्रमा अध्ययन नै कम छ ।’ अहिले निर्माण भएका चलचित्रहरुमा स्टोरी नै कमजोर भएको उनको भनाई छ । सानो विषय छनोट गरेर त्यसमा नै पूर्ण चलचित्र तयार गर्ने प्रवृत्तीको विकास भएकाले दर्शकहरु भड्किएको तुलसी बताउँछन् ।

अहिले चलचित्रकर्मीहरु लटर–पटर चलचित्र बनाउनमा नै अल्झिएको तुलसी बताउँछन् । उनले भने–‘यहाँ चलचित्र बनाउने भनेर आएका धेरै छन्, तर चलचित्र क्षेत्र बनाउँछु भनेर आउने कोही छैनन् ।’ यदि चलचित्र निर्माता र निर्देशकहरुले चलचित्र मात्रै नभई चलचित्र क्षेत्रलाई नै उन्नत बनाउने सोच लिएर आउने हो भने निर्देशक मात्र सफल नभएर सिंगो चलचित्र क्षेत्र नै सफल हुने घिमिरेको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment