Comments Add Comment

अत्यधिक प्रोटिन सेवन पनि हानिकारक

हामीमध्ये अधिकांशलाई के लाग्छ भने प्रोटिन हाम्रो शरीरका लागि सबैभन्दा पोषक तत्व हो । त्यसैले हामी प्रायः बडी बनाउनका लागि अथवा वजन कम गर्नका लागि सोच-विचार नै नगरी अत्यधिक प्रोटिनको सेवन गर्न थाल्छौं ।त्यसरी अत्यधिक मात्रामा प्रोटिनको सेवनले हाम्रो स्वास्थ बिग्रिरहेको हुन्छ भन्नेतर्फ हामी ध्यान नै दिँदैनौं ।

प्रोटिनले हाम्रो शरीरमा हुने टुट-फुटलाई मर्मत गर्नुका साथै मसल्स बनाउनका लागि पनि यो अत्यावश्यक छ । हाम्रो शरीरलाई प्रोटिन नभइ हुन्न, तर त्यसको प्रयोगमा सावधानी अपनाउनु अनिवार्य छ ।

के हुन सक्छ हानी ?

आजकल जिममा एक्सरसाइज गर्नेहरुलाई प्रोटिन शेक पिउन अथवा प्रोटिन बार खानका लागि सल्लाह दिने गरिन्छ । हाम्रो शरीरले हरेक घण्टा केवल ५ ग्राम प्रोटिनमात्र पचाउन सक्छ । जबकि प्रोटिन शेक अथवा प्रोटिन बारमा ५० ग्राम प्रोटिन हुन्छ, जसलाई पचाउनका लागि १० घण्टासम्म लाग्न सक्छ । यो कुरा स्वास्थका लागि ठीक होइन ।

-हरेक दिन ३० प्रतिशतभन्दा बढी प्रोटिनको सेवनले मिर्गौलामा निकै नराम्रो प्रभाव पर्न सक्छ ।

-यसबाट शरीरमा क्याल्सियमको मात्रा घट्न सक्छ ।

-यसको दुष्परिणामहरुमा थकान, छालाको सुख्खापन, रिंगटा लाग्नु, केश र्झनु, भोक लाग्न कम हुनु, सास गन्हाउनु आदि हुन सक्छ ।

-शरीरलाई आवश्यकताभन्दा बढी प्रोटिन बोसोमा परिवर्तन हुन्छ, जसले हाम्रो शरीरको तौल बढ्न थाल्छ ।

कसलाई बढी खतरा ?

-मांसाहारी (नन भेजिटेरियन) व्यक्तिहरुलाई,

-जिममा ज्यान बनाउन जाने व्यक्तिहरु, जो प्रोटिन शेक अथवा प्रोटिन बार खाएर चाँडै मसल्स बनाउन चाहन्छन् ।

स्वस्थकर सीमा कति ?

अधिकांश मानिसहरुलाई प्रतिदिन ५० ग्रामदेखि ७० ग्राम प्रोटिनको आवश्यकता पर्दछ । त्यसैले नापेर/तौलेर प्रोटिनको सेवन गर्नु राम्रो हुन्छ् । जस्तो, १ सय ५० ग्राम चिकेनमा ३७ ग्राम प्रोटिन हुन्छ । एउटा अण्डामा ५ ग्राम प्रोटिन हुन्छ । त्यसैले अत्यधिक मात्रामा चिकेन तथा अण्डाको सेवन पनि राम्रो मानिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment