Comments Add Comment

१६ वर्षे फाटीले गोल गरे तर बार्सिलोनाले अंक बाँड्यो

काठमाडौं । १६ वर्षे किशोर अन्सु फfटीले बार्सिलोनाका लागि गोल गरेका छन् तर, लिओनल मेस्सी विना मैदान उत्रिएको च्याम्पियन जित हात पार्न असफल रह्यो ।

ला लिगामा शनिबार भएको खेलमा ओसासुनाले च्याम्पियन बार्सिलोनालाई २–२ को बराबरीमा रोकेको हो ।

घरेलु मैदानमा भएको खेलमा ओसासुनाले सातौं मिनेटमा रोबर्टो टोरेसको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा बार्सिलोनाले ओसासुनाको पोष्टमा सही प्रहार समेत गर्न सकेन ।

दोस्रो हाफको सुरुमा नै मैदान प्रवेश गरेका फाटीले गोल गरे ।

६४ औं मिनेटमा आर्थरले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता पनि दिलाएका थिए । तर ८१ औं मिनेटमा पाएको पेनाल्टीमा टोरेसले बराबरी गोल गरे ।

मेस्सीले भन्दा कम उमेरमै गोल 

सिनियर टिमबाट डेब्यू गरेको केही दिनमा नै गोल गर्न सफल फाटी क्लबको इतिहासकै सिनियर टिमबाट सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् ।

उनी मात्र १६ वर्ष ३०४ दिनको भए । उनले लिओनल मेस्सी र बोजानलार्य पछि पारे । बोजानले १७ वर्ष ५५ दिन र मेस्सीले १० वर्ष ३३१ दिनमा गोल गरेका थिए ।

ला लिगाकै इतिहासमा पनि उनले कम उमेरमा गोल गर्ने तेस्रो फुटबलर बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment