+
+
Shares

सबै स्थानीय तहमा सार्वजनिक पुस्तकालय स्थापना गरिने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते १४:४४

१५ भदौ, शिक्षा । सरकारले सब स्थानीय तहमा सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ ।

विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना हुने गरी पुस्तक गुरुयोजना तय गरिएको बताए । उनले त्यसलाई छिट्टै मन्त्रिपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।

१२औं पुस्तकालय दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पुस्तक नीति तर्जुमा गर्न गठित कार्य दलको प्रतिवेदन कार्यान्वयनमा लैजान पनि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

मन्त्री पोखरेलले सरकारले पठन संस्कृतिको विकासका लागि पनि पुस्तकालयको विकास र विस्तारसम्बन्धि नीति लिएको स्मरण गराए ।

मन्त्री पोखरेलले पुस्तकालय संचालनका लागि आवश्यक नीति बनाउने योजना समेत तय गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?