Comments Add Comment

रुपन्देहीमा सहकारीद्वारा विद्यालयसहितका संस्थालाई २ लाख ७५ हजार आर्थिक सहयोग

१५ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवास्थित जनउत्थान वचत तथा ऋण सहकारी संस्थाले सामुदायिक विद्यालयसहित विभिन्न सामाजिक संस्थालाई २ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

संस्थाले नगरपालिकामा रहेका तीनवटा विद्यालय र आठवटा संघ संस्थाको अक्षयकोषमा रहने गरी उक्त रकम सहयोग गरेको हो ।

सहकारीले बभनी भूपू सैनिक आधारभूत विद्यालय, सरस्वती आधारभूत र टिकुलीगढ माविलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । यस्तै लिस्नु युवा क्लब, नव तिलोत्तमा युवा क्लब र ज्ञान ज्योति बाल विकास अक्षयकोषलाई संस्थाले २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको छ ।  आदर्श महिला समाज, बभनी आमा समूह र दीपज्योति सचेत समूहलाई पनि १५ हजार रुपैयाँ अक्षयकोषका लागि आर्थिक सहयोग गरेको संस्थाले जनाएको छ ।

यस्तै अविनास अनाथ आश्रमलाई ५ हजार र उत्कृष्ट एक करेसाबारीलाई ५ हजार रुपैयाँ प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरेको सहकारीका व्यवस्थापक रनबहादुर थापाले बताए ।

आइतबार अक्षयकोष रकम हस्तान्तरण गर्दै प्रदेश ५ की भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले जनउत्थानले गरेका सामाजिक कामबाट अन्य सहकारीले सिक्नुपर्ने बताइन् ।

सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले सहकारीले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गर्दै आइरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment