+
+

प्रवासी नेपाली एकता मञ्च स्पेन संयोजकमा शेर्पा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते १६:१८

बार्सिलोना। प्रवासी नेपाली एकता मञ्च स्पेनको संयोजकमा हेम शेर्पा चयन भएका छन् । शेर्पाको संयोजकत्वमा ३५ सदस्यीय कार्यसमिति गठन भएको हो । सचिवमा अशोक किरण न्यौपाने र प्रस्तावित युरोप प्रतिनिधिमा अर्जुन आचार्य चयन भएका छन्।

शेर्पा तत्कालीन प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष हुन् भने आचार्य र न्यौपाने तत्कालीन नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष र महासचिव हुन्। नेकपा एमाले तथा माओवादी केन्द्रबीच पार्टी एकता भए पनि स्पेनमा दुई संगठनहरु बिधिवतरुपमा एक हुन सकेका थिएनन्।

शुक्रबार बार्सिलोनामा एकता घोषणासभाको आयोजना गर्दै दुई संगठनहरुले बिधिवत रुपमा आँफूहरु एक भएको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?