Comments Add Comment

मानव सेवा आश्रममा ८ वटा सिसी टिभी जडान

१५ भदौ, बुटवल । बुटवलमा रहेको मानव सेवा आश्रममा ८ वटा सिसी क्यामेरा जडान गरिएको छ । बुटवल–९ मिलनचोकमा रहेको किसान ट्रेडिङ प्रालिले बुटवल–८ सुख्खानगरमा सञ्चालित मानव सेवा आश्रमका विभिन्न स्थानमा आठ वटा सिसी क्यामेरा जडान गरेको हो ।

प्रतिष्ठान स्थापनाको १९ औं वर्ष पुगेको अवसरमा आश्रममा क्यामेरा जडान गर्नुका साथै फलफुल र खाद्य सामग्री हस्तान्तरणसमेत गरेको प्रतिष्ठानका कार्यकारी अध्यक्ष बालाराम भट्टराईले बताए ।

बुटवल उप–महानगरपालिकाकी कार्यवाहक प्रमुख गुमादेवी आचार्यले शुक्रबार बिहान एक समारोहका बीच आश्रमको सिसि क्यामेराको मनिटरिङ रुमको शुभारम्भ गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment