Comments Add Comment

नेपाल एयरलाइन्सको बोइङ बिक्री प्रक्रिया लम्बियो, दुवै कम्पनीको प्रस्ताव अस्वीकृत

१६ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सको पुरानो जहाज बोइङ ७५७ को बिक्री प्रक्रिया लम्बिएको छ । बोलपत्रमा परेका दुई वटै कम्पनीको प्रस्ताव अस्वीकृत भएपछि बिक्री प्रक्रिया लम्बिएको हो ।

बोलपत्र आहृवान गर्दै जहाज किन्ने कम्पनीको प्रस्ताव मागिएकोमा अन्तिम पटक २ वटा कम्पनीको प्रस्ताव परेको थियो । त्यसमध्ये एउटा बेनामे थियो भने अर्को एक इजरायली कम्पनीले थियो । तर, उसको प्रस्ताव पनि मूल्यांकन समितिबाट अस्वीकृत भएको छ ।

नेपाल वायुसेवा निगम स्रोतका अनुसार एबीएन नामक उक्त इजरायली कम्पनीले बोलपत्रमा उल्लेख भएकोभन्दा निकै कम रकम प्रस्ताव गरेको पाइएको छ । अर्कोतर्फ बोलपत्रमा उल्लेख कतिपय प्रावधान नपुर्‍याइ प्रस्ताव आएका कारण दुवै प्रस्ताव अस्वीकृत भएको हो ।

यो पनि पढ्नुहोस नेपाल एयरलाइन्सको बोइङ किन्न दुई कम्पनी इच्छुक, एक बेनामे

निगमले शुरुमा ४५ दिन र दोस्रो पटक १५ दिनको समय राखेर प्रस्ताव आहृवान गरेको थियो । पहिलो पटक कुनै पनि प्रस्ताव नपरेपछि दोस्रो पटक राखिएको प्रस्तावमा दुई वटा कम्पनीको प्रस्ताव परेका थिए । तर, दुवै प्रस्तावमा निगमको जहाज खरीद गर्न योग्य देखिएनन् ।

अब के हुन्छ ?

अब बोलपत्र आहृवानका माध्यमबाट कुनै पनि कम्पनी स्वीकृत नभएपछि जहाज बिक्रीका लागि बनाइएको उपसमितिले कार्यकारी अध्यक्षलाई त्यसको प्रतिवेदन दिनुपर्छ ।

उक्त प्रतिवेदनपछि कार्यकारी अध्यक्षले निगमको आर्थिक विनियमावलीअनुसार आपसी समझदारीमा कुनै कम्पनीलाई बेच्न सक्ने निर्णय गर्न सक्छन् । वा अहिले प्रस्ताव गरिएको मूल्य घटाएर पुन बोलपत्रका लागि उपसमितिलाई निर्देशन दिन सक्छन् ।

‘जे भएपनि तत्कालका लागि बोइङ जहाज बिक्रीको प्रक्रिया लम्बिएको छ,’ निगमका एक अधिकारीले भने ।

यो पनि पढ्नुहोस बोइङ बेच्न निगमले निकाल्यो टेन्डर, न्यूनतम मूल्य ८५ करोड

नेपाल एयरलाइन्सले न्यूनतम ७६ लाख ७६ हजार ७ सय ३० अमेरिकी डलर (करिब ८५ करोड १७ लाख ३३ हजार रुपैयाँ) न्यूनतम बिक्री मूल्य निकालेर टेन्डर आहृवान गरेको थियो । यो मूल्यमध्ये सबैभन्दा बढी तिर्न तयार हुने कम्पनीले बी ७५७ ९ एन-एसीबी जहाज खरीद गर्ने सक्ने प्रावधान राखिएको थियो । निगमले अहिले बेच्न लागेको निगम ३१ वर्ष पुरानो हो । यो जहाज १५ सेप्टेम्बर १९८८ मा बनेको थियो ।

त्यसबेला निगमले कम्पनीमा बन्दाबन्दैको नयाँ जहाज किनेको थियो । १ सय ९० सीट क्षमता बनाएर निर्माण गरिएको यो जहाज पछिल्लो समय भने डिसेम्बर २०१८ देखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै ग्राउण्डेड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment