+
+

नेपाल एयरलाइन्सको बोइङ किन्न दुई कम्पनी इच्छुक, एक बेनामे

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते १४:०१

१५ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सले लिलाम बिक्रीमा राखेको बोइङ७५७ जहाज किन्न दुई कम्पनी इच्छुक देखिएका छन् । दुईमध्ये एक कम्पनीले भने बेनामे बोलपत्र हालेको छ ।

अर्को एक कम्पनी भने एबीएन नामक इजरायली कम्पनी रहेको निगमले जानकारी दिएको छ । नेपाल एयरलाइन्सले १२ असारमै बी७५७ जहाज बिक्री गर्न टेन्डर आहृवान गरेको थियो । ४५ दिनको समय अवधि राखेर गरिएको टेण्डर आहृवानमा कुनै पनि कम्पनी इच्छुक देखिएनन् ।

त्यसपछि दोस्रो पटक २९ साउनमा पुनः टेन्डर गरियो । १५ दिनको समय राखेर गरिएको रिटेन्डरमा २ कम्पनीको प्रस्ताव परे पनि एक प्रस्ताव भने नाम र ठेगानाबिनै परेका कारण स्वतः अमान्य भएको निगमका सहप्रवक्ता सुलेश मिश्रले जानकारी दिए । अर्को कम्पनीका सम्बन्धमा भने आइतबार टुंगो लाग्ने भएको छ ।

नेपाल एयरलाइन्सले न्यूनतम ७६ लाख ७६ हजार ७ सय ३० अमेरिकी डलर (करिब ८५ करोड १७ लाख ३३ हजार रुपैयाँ) बिक्री मूल्य निकालेर टेन्डर आहृवान गरेको थियो । यो मूल्यमध्ये सबैभन्दा बढी तिर्ने गरी आउने कम्पनीले बी७५७ ९एन-एसीबी जहाज खरिद गर्ने सक्ने प्रावधान राखिएको थियो ।

दुई पटक आहृवान गरेको टेन्डरमा पनि पर्याप्त कम्पनीको आवेदन नपरेपछि अब निगमले द्विपक्षीय सम्झौताका आधारमा यसको बिक्रि सम्बन्धमा निर्णय लिन सक्छ ।

निगमले अहिले बेच्न लागेको निगम ३१ वर्ष पुरानो हो । यो जहाज १५ सेप्टेम्बर १९८८ मा बनेको थियो ।

त्यसबेला निगमले कम्पनीमा बन्दाबन्दैको नयाँ जहाज किनेको थियो । १ सय ९० सीट क्षमता बनाएर निर्माण गरिएको यो जहाज पछिल्लो समय भने डिसेम्बर २०१८ देखि यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउण्डेड अवस्थामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?