+
+
Shares

डीएफआईडी र बुटवल उपमहानगरपालिकाबीच समझदारी

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते २०:१६

१७ भदौ, बुटवल । बुटवल उपमहानगरपालिका र बेलायतको अन्तर्रााष्ट्रिय विकास नियोग (डीएफआईडी) बीच नेपाल सहरी उत्थानशीलता परियोजनामा समझदारी भएको छ ।

बुटवलको विकासका लागि महत्वपूर्ण मानिएको उक्त परियोजनामा मंगलबार डीएफआईडीका स्थायी सचिव म्याथु रिक्रफ्ट र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हस्ताक्षर गरेका छन् ।

यो परियोजनाले तीनवटा महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखेको छ । बुटवल सहरको सुदृढीकरणका लागि आर्थिक वृद्धिलाई परियोजनाले पहिलो प्राथमिकतामा राखेको छ । त्यस्तै दोस्रो प्राथमिकतामा पूर्वाधार निर्माण र तेस्रो प्राथमिकतामा संस्थागत क्षमता विकासलाई राखिएको छ ।

परियोजनामा हस्ताक्षरपछि बोल्दै डिएफआईडीका स्थायी सचिव म्याथु रिक्रफ्टले परियोजनाको मुख्य लक्ष्य समृद्ध सहर निर्माणको सपना साकार पार्नुरहेको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले संस्थागत क्षमता विकाससँगसँगै बुटवलको आर्थिक समृद्धि र मानवीय तथा भौतिक विकासका लागि यो परियोजना कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?