+
+
Shares

सबैभन्दा बढी अपराध हुने जिल्ला : काठमाडौं पहिलो, मोरङ दोस्रो

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १८ गते ८:५१

१७ भदौ, काठमाडाै‌ं । मुलुककै सबैभन्दा बढी अपराध हुने जिल्लाको अग्रपंक्तिमा काठमाडौं देखिएको छ ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनले राजधानीमा सबैभन्दा बढी अपराध हुने गरेको देखाएको हो ।

विभागका एक अधिकृतका अनुसार आर्थिक वर्ष ०७५/७६ मा गरिएको वार्षिक अध्ययनमा काठमाडौंमा सबैभन्दा बढी ८ हजार ५ सय ५९ मुद्दा दर्ता भएका छन् ।

राजधानीपछि पूर्वी नेपालको विराटनगर सबैभन्दा बढी अपराध हुने जिल्लामा पर्ने देखिएको छ । तथ्यांक अनुसार यो आर्थिक वर्षमा एक हजार ८ सय ८८ वटा मुद्दा दर्ता भएको देखिएको छ ।

मोरङपछि रूपन्देहीमा मुद्दा दर्ता संख्या बढी छ । प्रहरीका अनुसार यो आर्थिक वर्षमा रूपन्देहीमा एक हजार ८ सय ३५ मुद्दा दर्ता भएको देखिएको छ भने रूपन्देहीपछि सुनसरीमा १ हजार ७ सय ८३ मुद्दा दर्ता भएको देखिन्छ ।

सुनसरीपछि झापामा १ हजार ४ सय ३३ मुद्दा दर्ता भएको देखिन्छ भने कास्कीमा १ हजार २ सय ७७, कैलाली १ हजार २ सय ३५, चितवनमा एक हजार १ सय ७८, धनुषा १ हजार १ सय ८७ र बाँकेमा १ हजार १ सय ५८ वटा मुद्दा दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?