
काठमाडौं । भारत प्रशासित काश्मीरमा जारी प्रतिबन्धको विरोधमा बेलायतमा बसोबास गरिरहेका कश्मीरीहरूले बुधबार लन्डनमा प्रदर्शन गरेका छन् ।
‘स्वतन्त्रता मार्च’ दिइएको प्रदर्शनको सुरुवाती शान्तिपूर्ण रहेपनि भारतीय उच्च आयोग नजिक पुगेपछि भने प्रदर्शनले उग्र रुप लिएको थियो ।
मिडिया रिपोर्टका अनुसार प्रदर्शनकारीहरूले त्यहाँ ढुंगा, अण्डा, टमाटर, जुत्ता र चप्पल फ्याँकेका थिए । प्रदर्शनकारीहरूले स्मग बम र बोतल प्रहार गर्दै भारतीय उच्च आयोग रहेको भवनको झ्याल तोडफोड गर्ने प्रयास गरेका थिए ।
भारतीय उच्च आयोगले ट्वीटरमा एउटा फोटो पोष्ट गरेको छ, जुन फोटोमा झ्यालका शीशाहरु चर्किएका छन् । समाचार एजेन्सी पीएका अनुसार उक्त घट्नामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।
लन्डनका मेयर सादिक खानले भारतीय उच्च आयोगको भवनमा भएको तोडफोडको घटनाको आलोचना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4