Comments Add Comment

शिक्षकको सान ! पेन्सन पकाएर घर फर्किँदा हेलिकप्टर बुकिङ

दुनियाँमा अनेकथरी मान्छेहरू छन् जो अनौठा काम गरेर चर्चामा आउँछन् । भारतको राजस्थानका एकजना व्यक्तिले यस्तै फरक काम गरेर चर्चा कमाएका छन् ।

अवकासको अन्तिम दिन हेलिकप्टर चढेर घर फर्किने उनको निर्णयले उनलाई चर्चित बनाएको हो ।

अलवर जिल्लाको लक्ष्मणगढस्थित मलावली गाउँका रमेश चन्द्र मिणा शनिबार ३१ अगष्टमा शिक्षक पेशाबाट अवकास पाए । शिक्षकको जागिरबाट पेन्सन पकाएको अन्तिम दिन उनले स्कुलबाट घरसम्म जानका लागि हेलिकप्टर बुक गराएका थिए । कुनैपनि शिक्षक अवकासको दिन जागिरबाट घर फर्किंदा हेलिकप्टर चढेको राजस्थानको यो नै पहिलो घटना भएको बताइएको छ ।

सामाजिक विज्ञान विषयमा शिक्षक रहेका मीणाले विद्यालयबाट २२ किलोमिटर टाढा रहेको घर फर्किंदा हेलिकप्टरको प्रयोग गरे । त्यसका लागि झण्डै ४ लाख भारु उनले खर्च गरेको बताइएको छ । मीठाले आफ्नी पत्नीलाई समेत सँगै हेलिकप्टरमा बसाएका थिए ।

स्मरणरहोस् मीठाका एक छोरा पनि शिक्षण पेशामै छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment