Comments Add Comment

सलमानले ‘बाजिगर’ छाड्दा साहरुखले किनेका थिए ‘मन्नत’ ?

चलचित्र ‘इन्शाअल्ला’मा नायक सलमान खान र निर्देशक संजयलीला भन्सालीले एकसाथ काम गर्ने कुराले निकै चर्चा पाइरहेको थियो । उनीहरुले लामो समयपश्चात् एकसाथ चलचित्रमा काम गर्दै थिए । तर, अहिले सलमान उक्त चलचित्र नगर्ने मुडमा पुगेका छन् ।

यो चलचित्रमा सलमानको ठाउँमा अर्का कुनै स्टार नायकलाई राख्न निर्माण युनिट प्रयासरत छ । सलमानले ठुलो व्यानरको चलचित्र छोडेको यो पहिलो पटक भने होइन । सलमानले आफ्नो करियअरको सुरुवातमा नै अब्बस मस्तानाको निर्देशनमा बन्न लागेको चलचित्र ’बाजीगर’ छोडेका थिए । सलमानले भने जस्तो कथा परिवर्तन गर्न निर्माणपक्ष नमानेपछि उनले चलचित्र छाडेका थिए ।

सलमानले छोडेपछि यो चलचित्र नायक साहरुख खानको हातमा आएको थियो । चलचित्र निकै सफल पनि भयो । यो चलचित्रले साहरुखको करिअरलाई नै परिवर्तन गरिदियो । यो चलचित्र पश्चात साहरुखले करिअरमा पछाडि फर्किएर पनि हेर्नुपरेन ।

चलचित्रको सफलता पछि सलमानले आफूले चलचित्र छोडेकै कारण साहरुखले काम पाएको बताएका छन् । उनले, आफूले यो चलचित्र नछाडेको भए साहरुखले ‘मन्नत’ किन्न नसक्ने पनि दाबी गरेका छन् । सलमानले पनि साहरुखको मन्नत जस्तै घर खोज्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment