Comments Add Comment

कश्मीर मुद्दा : साउदी र यूएईका विदेशमन्त्री पाकिस्तान भ्रमणमा

१९ भदौ, काठमाडौं । पाकिस्तानले साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई)लाई कश्मीर मुद्दामा आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ ।

कश्मीरका जनतालाई सबै मुस्लिम देशहरुले साथ दिनुपर्ने बताउँदै आएको पाकिस्तानले साउदी अरब र यूएईलाई सो आग्रह गरेको हो ।

हाल साउदी अरबका उपविदेशमन्त्री अब्देल विन अहमद अल जुबैर र यूएईका विदेशमन्त्री शेख हब्दुल्लाह बिन जायद बिन सुल्तान अल नाह्यान पाकिस्तानको भ्रमणमा छन् । बुधबार इस्लामावाद पुगेका दुवै नेताहरुले प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह मोहम्मद कुरैशीसँग भेटवार्ता गरेका छन् । पाकिस्तानलाई आश्वस्त पार्ने उद्देश्यले उनीहरु इस्लामावाद भ्रमणमा आएको अनुमान गरिएको छ ।

भारतले संविधानको धारा ३७० खारेज गरेर कश्मीरलाई दिँदै आएको विशेष राज्यको दर्जा खोसेपछि पाकिस्तानले विरोध गर्दै आएको छ । भारतले कश्मीरका मुस्लिम बहुल जनतालाई न्युनतम मानवअधिकारबाट समेत बन्चित गराएको भन्दै पाकिस्तानले यो मुद्दा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदसम्म पुर्‍याएको छ ।

पाक प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा साउदी अरब र यूएईका नेताहरुसँग कश्मीरको विषयमा छलफल भएको र यस मुद्दामा अन्तर्राष्ट्रिय हस्तक्षेप आवश्यक रहेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment