+
+
Shares

सन्तोष दासको कोठाबाट म्यागजिन बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १९ गते ११:५०
Photo Credit : पेस्तोल र गोलीसहित पक्राउ परेको दास/अनलाइनखबर फाइल

१९ भदौ, वीरगञ्ज । प्रहरीले सन्तोष दासको कोठाबाट पेस्तोलको म्यागजिन बरामद गरेको छ । दासलाई यही भदौ १७ गते राति प्रहरीले गोली हानेर हतियारसहित पक्राउ गरेको थियो ।

वीरगञ्ज महानगरपालिका-१६ ईनर्वा बस्ने सत्यराज योगी भनेर चिनिने २६ वर्षीय सन्तोषको कोठा खानतलासी गर्दा म्यागेजिन फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सन्तोष दासबाट बरामद भएको पेस्तोलमै लाग्ने एक/एक थान म्याग्जिन र पेनड्राइभ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीलाई बन्दुक देखाएर भाग्दै गरेको अवस्थामा सन्तोषलाई वीरगञ्ज राधेमाई क्षेत्रबाट दुई दिनअघि घुँडामा गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?