Comments Add Comment

गृहमन्त्री बादल र बंगलादेशी राज्यमन्त्री रहमान भेटवार्ता

१९ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलसँग नेपाल भ्रमणमा रहेका बङ्गलादेशको विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले बिहीबार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल-बंगलादेश द्धिपक्षीय सम्बन्ध, आपसी हित र विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले अनुभवको आदान-प्रदान र सहकार्यका माध्यमबाट दुई देशले विपद् व्यवस्थापनमा सहकार्य बढाउँदै लैजानुपर्ने बताए ।

गृहमन्त्री थापाले नेपालमा वि.सं २०७२ सालमा गएको विनाशकारी भूकम्पमा बंगलादेशको तर्फबाट भएको सहयोगका लागि बंगलादेशका मन्त्री रहमान र उनीमार्फत त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरे ।

बंगलादेशमका मन्त्री रहमानले नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा गरेको कामहरु सिक्न लायक रहेको टिप्पणी गर्दै विपद्को क्षेत्रमा दुई देशको सहकार्य आवश्यक रहेको टिप्पणी गरे ।

उनले आफ्नो देशमा विशेषतः बाढी, चक्रवात, हुरीजस्ता प्राकृतिक विपद्का घटना बढी हुने गरेको जानकारी गराएका थिए ।

विश्व खाद्य कार्यक्रम बंगलादेशका देशिय निर्देशक रिचार्ड रेगनसमेत सहभागी भ्रमण दलले नेपालमा मानवीय सहायता केन्द्र निर्माणको ढाँचा र त्यसको कार्यसञ्चालनबारे अध्ययन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment