+
+
Shares

अमेरिकामा सवारी दुर्घटना हुँदा एकै परिवारका ३ नेपालीको मृत्यु, २ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १९ गते १२:०९

१९ भदौ, काठमाडौं । अमेरिकाको मिजोरी हाईवेमा मंगलबार भएको दुर्घटनामा एक नेपाली दम्पत्तिसहित तीन जनाको मृत्यु भएको छ । साेही परिवारका २ गम्भीर घाइते छन् ।

अमेरिकी प्रहरीले दुर्घटनाका मृतक र घाइतेको नाम सार्वजनिक गर्दै गोविन्द खनाल, शान्ता खनाल र श्रद्धा खनाल ओझाको ज्यान गएको पुष्टि गरेको छ ।

विराटनगर निवासी गोविन्द र शान्ता छोरी ज्वाइँलाई भेट्न गत असारमा अमेरिका गएका थिए । ज्वाइँ प्रभासले गाडी चलाएर घुम्न निस्किएको बेला उनीहरु दुर्घटनामा परेका हुन् । मृत्यु हुनेमा बुवा, आमा र छोरी छन् भने ज्वाइँ र ४ वर्षीय नाति घाइते छन् ।

प्रभास अमेरिकामै पढेर उतै जागिरे छन् । श्रद्धा भने डिभी परेर अमेरिका गएकी हुन् ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएका उनीहरूलाई सोही दिशामा गइरहेको पिकअप ट्रकले ठक्कर दिएपछि मंगलबार दुर्घटना भएको थियो ।

घटनामा प्रहरीले अन्य सवारीका दुई चालकलाई नियन्त्रणमा लिएको छ तर पहिचान खुलाएको छैन । द जोप्लिन ग्लोबका अनुसार, घटनाबारे अहिले दी मेजर जोप्लिन पुलिस विभागले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?