Comments Add Comment

डेंगुबाट सिन्धुपाल्चोकमा एकको मृत्यु   

१९ भदौ, मेलम्ची । डेंगु सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेलले डेंगु भएको भन्दै काठमाडौँ लैजान सुझाव दिइएको थियो । परिवार र आफन्तले राजधानीको बानेश्वरस्थित भेनस अस्पताल पुर्‍याएको हो । अस्पतालले डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको प्रमाणित गरेको इन्द्रावती गाउँपालिका–१२ का अध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए ।

अस्पतालले दनुवारको मृत्यु डेंगुकै कारणले भएको प्रमाणित गरेपछि भिमटारमा गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ । गाउँवासीमा डेंगुको थप सङ्क्रमण हुन सक्ने र त्यसलाई रोकथामका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment