
२० भदौ, महोत्तरी । बलात्कार प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमा दुई समूहबीच झडप भएको छ ।
सोनमा गाउँपालिका–६, मगरथानाकी एक महिलाले गत सोमबार आफूमाथि स्थानीय जासिम नदाफ र नसिर नदाफले बलात्कार प्रयास गरेको भन्दै प्रहरी चौकी मगरथानामा निवेदन दिएकी थिइन् । महिलाको निवेदनपश्चात मिलापत्रका लागि भन्दै प्रहरी चौकीमा भेला भएका दुवै पक्षकाे बीचमा झडप भएको प्रहरीले जनाएकाे छ ।
छलफलका क्रममा पीडित र पीडकका पक्षधरबीच झडप भएपछि अवस्था नियन्त्रणमा लिएको प्रहरी चौकीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4