Comments Add Comment

बुटवलमा वडा अध्यक्षद्वारा आत्महत्या प्रयास

२१ भदौ, बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेका छन् । वडा नंं. २ स्थित आफ्नै घरमा बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् ।

उनी झुण्डिएको परिवारका सदस्यले थाहा पाएलगत्तै अस्पताल पुर्‍याएका थिए । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बुटवल-११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँको अवस्था के हुन्छ यसै भन्न सकिन्नँ,’ क्षेत्रीले भने ।

स्रोतका अनुसार घरायसी विवादका कारण उनले आत्महत्या प्रयास गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले घटनाबारे प्रारम्भिक जानकारीमात्र भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment