+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एसिड आक्रमण गर्नेलाई फाँसी दिनुपर्छः सांसद यादव

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २१ गते १४:३६

२१ भदौ, वीरगञ्ज । संघीय सांसद प्रदिप यादवले एसिड आक्रमण गर्नेहरुलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका छन् ।

कानुन संशोधन गरेरै भएपनि जन्मकैद वा फाँसीको सजायको व्यवस्था गर्नुपर्ने उनको तर्क छ । कानुन संशोधनका लागि आफूले संसदमा आवाज उठाउने उनले बताए ।

वीरगञ्जमा शनिबार आयोजित कार्यक्रममा सांसद यादवले भने, ‘जसले महिलाको जिन्दगी वर्बाद गरेको छ, उसको पनि जिन्दगी वर्बाद हुनुपर्छ । त्यस्तालाई फाँसीको सजाय हुनुपर्छ । त्यसका लागि कानुन संशोधन गर्नुपरे गरौं ।’

कडा सजाय हुन्छ भन्ने डर नभएसम्म यस्ता घटना दोहोरिहने भन्दै उनले अपराध गर्न खोज्नेको मनमा डर पैदा गर्न पनि कानुन संशोधन आवश्यक रहेको बताए ।

वीरगञ्जमा शुक्रबार हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत मुस्कान खातुन माथि एसिड आक्रमण गरिएको थियो । एसिड प्रहार गर्ने मुख्य अभियुक्त वीरगञ्ज-२ छपकैयाका सम्साद मियाँ र माजिद आलमलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । मुस्कानको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

सांसद यादवले एसिड आक्रमणबाट घाइते किशोरीको उपचारका लागि मात्रै नभएर शिक्षा र रोजगारीमा समेत सरकारले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?