Comments Add Comment

मैदान फर्किएसँगै नेयमारले गरे गोल

काठमाडौं । चार महिनापछि मैदान फर्किएका नेयमारको एक गोल र अर्को असिस्टका बाबजुद ब्राजिलले मैत्रिपूर्ण खेलमा कोलम्बियासँग २-२ को बराबरीमा रोकिएको छ ।

नेयमार चोटका कारण जुन ५ पछि मैदान बाहिर थिए । शनिबार भएको खेलमा उनी मैदान उत्रिए । १९ औ. मिनेटमा उनकै पासमा कासिमेरोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

तर ६ मिनेटपछि कोलिम्बियाले पेनाल्टीमा बराबरी गोल गर्‍यो । ३४ औं मिनेटमा लुइस फनान्डो फ्रुटोले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा कोलिम्बया २-१ को अग्रता लिन सफल भयो ।

खेलको ५८ औं मिनेटमा नेयमारले गोल गरे र ब्राजिल घरेलु मैदानमा हारबाट जोगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment