Comments Add Comment

यू-१९ एसिया कप : नेपालले बंगलादेशसँग खेल्दै

२२ भदौ, काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा आज नेपालले टेष्ट नेशन राष्ट्र बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

श्रीलंकामा जारी यू-१९ एसिया कप क्रिकेट नेपालले आज १० बजेर १५ मिनेटमा आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा हुने खेलमा नेपालको लागि जित अनिवार्य छ ।

सेमिफाइनलमा पुग्ने सम्भावनालाई यथावत राख्नका लागि पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ । यदि पराजित भएमा नेपाल एक खेल अघि नै यू-१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिने छ ।

किनभने नेपालले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकासँग पाँच विकेटको हार ब्यहोरेको थियो । आजै हुने अर्को खेलमा श्रीलंकाले यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले आफ्नो अन्तिम खेलमा भने यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment