+
+

टीकापुर घटना राजनीतिक विद्रोह हो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते १३:५४

२२ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटना राजनीतिक विद्रोह भएको बताएका छन् ।

थरुहट/थारुवान संयुक्त संघर्ष समितिको वार्ता टोलीका सदस्यहरूसँग आइतबार खुमलटारस्थित आफ्नो निवासमा भएको भेटमा उनले यस्तो धारणा राखेका हुन् ।

‘टीकापुर घटना थारुहरूले गरेको राजनीतिक विद्रोह हो’ भेटमा सहभागी एक सदस्यले प्रचण्डको भनाइ उधृत गर्दै अनलाइनखबरसँग भने, ‘निर्दोष थारुहरूमाथि मुद्दा लाग्नु उचित होइन ।’

टीकापुर घटनाको राजनीतिक समाधान निकाल्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

टीकापुरमा ७ भदौ ०७२ मा एक नाबालकसहित सात प्रहरीको हत्यासम्बन्धी घटनामा २६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला अदालत, कैलालीले ०७५ फागुन २२ गते तीनजनालाई निर्दोष सावित गरेको थियो । प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

तीन वर्ष कैद सजायँ सुनाइएका १५ जना रिहा भइसकेका छन् ।

प्रचण्डसँगको भेटमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले राजनीतिक सहमति गरेर थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम थारु लगायतका थारु नेता, कार्यकर्ता माथि लगाइएको मुद्दा फिर्ता लिन माग गरेको छ ।

समितिले लोक सेवा आयोगको विज्ञापन खारेजी, गिरिशचन्द्र लाल अयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत ६ बुँदे माग राखेको छ ।

समितिका पदाधिकारीहरु यिनै माग लिएर नेकपा अध्यक्ष प्रचण्डसँग भेट गर्न आइतबार खुमलटार पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?