+
+

रुपन्देहीमा कांग्रेसका क्षेत्रीय सभापति चयन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते १७:३४

२२ भदौ, बुटवल । नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको ५ संघीय निर्वाचन क्षेत्र र १० प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व टुंग्याएको छ ।

आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले संघीय संरचना अनुसार क्षेत्र नं. १ को सभापतिमा हिराबहादुर खत्री, क्षेत्र नं. २ को सभापतिमा हरि लम्साल, क्षेत्र नं. ३ को सभापतिमा मात्रिकाप्रसाद यादव र सहसभापतिमा प्रेमबहादुर फौदार, क्षेत्र नं. ४ को सभापतिमा मुकेश यादव र क्षेत्र नं. ५ को सभापतिमा वसिउल्लाह मुसलमानलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणका अनुसार प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्र नं. १ को (क) मा लालबहादुर चौधरी (ख) मा गोरखनाथ चौधरी, क्षेत्र नं. २ को (क) मा माधवलाल देवकोटा, (ख) मा परशुराम ढकाल, क्षेत्र नं. ३ को (क) मा पुरनप्रसाद श्रेष्ठ, (ख) मा कृष्णबहादुर विष्टले सभापतिको जिम्मेवारी पाएका छन् ।

क्षेत्र नं. ४ को (क) मा रमाकान्त केवट, (ख) मा सन्तराम हरिजन र क्षेत्र नं. ५ को (क) मा रामबहादुर थापा तथा (ख) मा दुर्गाप्रसाद उपाध्यायलाई सभापतिको जिम्मेवारी प्रदान गरिएको छ । सर्वसम्मत रुपमा निर्णय गरिएको र बाँकी संरचना पार्टीको कार्यबिधि अनुसार हुने पनि खाँणले बताए

डेंगु नियन्त्रणका लागि सरकारलाई सार्थक पहल चाल्न आग्रह

बैठकले जिल्लामा डेंगुले महामारीको रुप लिन खोज्दा समेत प्रदेश तथा स्थानीय सरकारले डेंगु नियन्त्रणका लागि कुनै प्रयास नगरेको निश्कर्ष निकाल्दै तत्काल पहलकदमी उठाउन र नागरिकको स्वास्थ्य प्रति गम्भीर बन्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

त्यस्तै कांग्रेसले पार्टी कार्यकर्तालाई समेत डेंगु नियन्त्रणमा सहभागि हुन तथा जनचेतना जगाउने एवं डेंगु सार्ने लामखुट्टे नियन्त्रणका काममा सहभागी हुन आह्वान गरेको छ ।

नेपाली का‌ंग्रेसको केन्द्रीय समितिले भदौ २४ गतेदेखि देशव्यापी रुपमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ । १०६ औं बिपी जयन्ती भएकाले पार्टीले १० वटै प्रदेश निर्वाचन क्षेत्रमा १०६ वटाका दरले बृक्षा रोपण गरिने कांग्रेस रुपन्देहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?