+
+
Shares

वीरगञ्जको सडक पेटीमा हुने माछामासु बिक्री विरुद्ध अदालतमा मुद्धा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते १९:५४

२२ भदौ, वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जले अस्वस्थकर ढंगले सडक पेटी लगायतका खुला स्थानमा माछामासुको बिक्री हुने गरेको भन्दै नियमन गर्ने पक्ष विरुद्ध आइतबार मुद्धा दर्ता गरेको छ ।

अस्वस्थकर ढंगबाट हुने माछा मासुको बिक्रीले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै संरक्षण मञ्चले वीरगञ्ज महानगरपालिका लगायत सरोकारवाला विरुद्ध मुद्धा दर्ता गरेको हो ।

पटक–पटक यसबारे सरोकारवालाको ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले सुधार गर्न चासो नदेखाएकाले बाध्य भएर मुद्धा दर्ता गराउनु परेको उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जका अध्यक्ष अजित भुजेलले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, वीरगञ्ज माछा मासु व्यवसायी संघलाई विपक्षी बनाइ उच्च अदालत जनकपुर, अस्थायी इजलाश वीरगञ्जमा मुद्धा दर्ता गराएको भुजेलले बताए ।

स्वस्थ खानपान, स्वस्थ वातावरणमा बस्न पाउने नागरिकको संवैधानिक हक प्रत्याभूत नगराउन त्यस्ता गतिविधि रोक्न परमादेशको मागसहित उजुरी दर्ता गरिएको अध्यक्ष भुजेलले बताए । जनमानसको स्वास्थ्यमा असर पार्ने गरी अनियन्त्रित रुपमा सडक पेटी नाला माथि नै पशुपंक्षी वध गरी खुल्लम खुल्ला बिक्री वितरण भइरहेको तर त्यसको व्यवस्थापनका लागि सरोकारवाला निकायले ध्यान नदिएकोले अदालत गुहार्नु परेको उनको भनाइ छ ।

उजुरीमा खुल्ला रुपमा मासु जन्य वस्तु सार्वजनिक स्थल बाटोघाटोमा खुल्ला रुपमा वध गर्न नदिन, बिक्री वितरण नगर्न नगराउन, पशु वधशालाको व्यवस्था गरी आम नागरिकलाई स्वस्थकर माछामासु खान पाउने व्यवस्था मिलाउन परमादेश जारी गर्न माग गरिएको छ ।

सडक पेटीमा हुन्छ माछामासुको बिक्री 

वीरगञ्ज महानगरपालिकामा अस्वस्थकर ढंगले माछामासुको बिक्री हुने गरेको छ ।
फोहोर नाला छेउमा, नाला माथि सडक पेटीमा माछा मासु कोटर बिक्रि गर्ने गरिएको छ । ३२ वटा वडा रहेको महानगरका सबैजसो वडामा यस्तो समस्या छ ।

खुल्ला स्थानमा माछा मासु काटेर बिक्रि गर्दा अस्वस्थकर हुने चिकित्कसहरु बताउँछ । तर वीरगञ्ज महानगरपालिका लगायतका सरोकारवालाले यसलाई नियन्त्रण गर्न सकेको छैन । जानेर वा अन्जानमा नगरबासीले अस्वस्थकर माछामासु खाँदै आएका छन् । सडक किनारामा माछा मासु बिक्री गर्दा नगर पनि कुरुप देखिने गरेको छ । त्यसमाथि उनीहरुले मनपरी मूल्य तोकेर माछामासु बिक्री गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?