Comments Add Comment

एएफसी यू–१६ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा

२२ भदौ, काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप फुटबल छनोटका लागि नेपाली टिमको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले जोर्डनमा भदौ २८ देखि सुरु हुने छनोट प्रतियोगिताका लागि २३ सदस्यीय खेलाडी छनोट गरेका हुन् ।

नेपालले आफ्नो पहिलो खेलमा भदौ २८ गते जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, ३० गते कुवेतसँग खेल्ने नेपालले असोज ३ मा ताजकिस्तान र ५ गते श्रीलंकासँग अन्तिम खेल खेल्नेछ ।

को को परे टिममा ?

गोलकिपर : मनोज दाहाल, जेनियस केसी, पथ्थुहाङ नेम्वाङ

डिफेन्डर : अजय चौधरी, अभिषेक आइवा, जान लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ, आमिर हमिद

मिडफिल्डर : नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मेजय धामी, विपिन तुम्सिङ मगर, मोहित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई, निराजन खत्री

फरवार्ड : सशांक बोहरा, सुगन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा, दिपेश राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment