+
+

बारामा सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते २०:२२

२२ भदौ, वीरगञ्ज । बाराबाट प्रहरीले सवारी ज्यान मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका–३ स्थित बजनी टोल बस्ने ४६ बर्षीय भरत श्रेष्ठ पक्राउ परेका हुन् ।

बारा जिल्ला अदालतको २०६२ असार २१ गतेको फैसला आदेशले उनलाई सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै १ महिना कैद फैसला गरेको थियो ।

सोही समयदेखि फरार रहेका उनलाई भदौ २१ गते इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।

आइतबार बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद भुक्तानका लागि कारागार कार्यालय वीरगञ्जमा पठाइएको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?