
२३ भदौ, वीरगञ्ज । वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।वीरगञ्ज महानगरपालिका–२१ बस्ने ३२ वर्षीय अजय दासको मृत्यु भएको हो ।
आइतबार साँझ सवा ६ बजेतिरको समयमा वीरगञ्ज–१५ ब्रम्हचौकमा स्थानीय माइक मेहताले बनाउँदै गरेको ओम होटल एण्ड पार्टी प्यालेसमा विद्युतको काम गर्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका थिए । घाइते दासलाई उपचारका लागि नेशनल मेडिकल कलेज, वीरगञ्जमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4